भालुको आक्रमणबाट महिला घाइते

जंगलमा घाँस काट्न गएकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ। भालुको आक्रमणबाट आदर्श गाउँपालिका- २ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टकाअनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-02-03 20:55:00

प्रतिकृया दिनुहोस्