दक्षिण कोरियालाई हराउँदै जोर्डन एसियन कपकाे फाइनलमा

दक्षिण कोरियालाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति कतारको अहमद बीन अली रंगशालामा भएकाे खेलमा दुई पटककाे विजेता कोरियालाई हराउँदै जोर्डन पहिलाे पटक एसियन कपकाे फाइनलमा पुगेकाे हाे।

जोर्डनका लागि याजान अल नैमात र मूसा अल तमारीले गाेल गर्दै सफलता दिलाए।

खेलकाे ५३औँ मिनेटमा याजान अल नैमात गाेल गरेका थिए। तेस्तै, खेलकाे ६६औँ मिनेटमा मूसा अल तमारीले गोल गर्दै जोर्डनलाई सफलता दिलाए।

दक्षिण कोरियाले अस्ट्रेलियालाइ २- १ ले पराजय गरेर सेमिफाइनल पुगेको थियाे भने जोर्डनले ताजिकिस्तानलाई १–०ले हराएको थियो।

प्रकाशित मिति: : 2024-02-07 08:10:00

प्रतिकृया दिनुहोस्