मुगुमा खैरो हिरोइनसहित एकजना पक्राउ

Symbolic photo
Symbolic photo

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०१ छत्यालवाडा स्थायी घर भई हाल ठिनी बस्ने १८ वर्षका कमल मल्ललाई लागुऔषध (खैरो हिरोइन) कारोबार गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खोजतलास गर्दै जाँदा कमल मल्ललाई मुुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०२ गमगढी न्यूरोडस्थित कच्ची सडकखण्डमा फेला पारी कमल मल्लको शरीरमा खानतलासी गर्दा उनले लगाएको खैरो रंगको मोजाभित्र कागजसहित ३०० मिलिग्राम (शुद्द तौल ६० मिलिग्राम) लागुऔषध (खैरो हिरोइन) लुकाईछिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो।

कमल मल्लको घर वतनमा गई प्रहरीले खानतलासी गर्दा उनको कोठामा कागजसहित ३३० मिलिग्राम (शुद्द तौल ११० मिलिग्राम) लागुऔषध (खैरो हिरोइन) लागु पदार्थ, नगद नेपाली १६ हजार (सोह्र हजार) फेला पारेर बरामद गरेको मुगुका डीएसपी वीरेन्द्र थापा लेजानकारी दिए।

उनका अनुसार प्रहरीले कमल मल्ललाई पक्राउ गरी हिरासत कक्षमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-02-07 18:20:00

प्रतिकृया दिनुहोस्