गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

तस्बिर: रमित खड्काकाे फेसबुकबाट

अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका– ३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए।

प्रकाशित मिति: : 2024-02-07 20:50:00

प्रतिकृया दिनुहोस्