ओडिआई सिरिजः क्यानाडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेकाे छ।

बिहिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ। क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ।

त्रिवि क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात् माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात् माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ।

प्रकाशित मिति: : 2024-02-08 09:20:00

प्रतिकृया दिनुहोस्