अस्ट्रेलिया यु- १९ विश्वकपको फाइनलमा

photo: Agency
photo: Agency

अस्ट्रेलिया जारी यु- १९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यसअघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो।

अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ। भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

प्रकाशित मिति: : 2024-02-09 10:38:00

प्रतिकृया दिनुहोस्