क्यानडाद्वारा नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत

photo : can
photo : can

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।

क्यानडाका ओपनर आरोन जोनसनले अर्धशतक प्रहार गरे। ६२ बलको सामना गरेका उनले १० चौका तथा २ छक्का प्रहार गरेको मद्दतमा ६५ रन बनाए।

अर्का ओपनर नभ्निल धालिवाल ४६ रन बनाएर आउट भए।

त्यसैगरी पर्गत सिंह ३८, निकोलस कार्टन २०, हर्श ठकर ३, दिलप्रित बज्वा १९, शाद बिन जफार १ शाहिद अहमदजाइ १३ रन बनाएर आउट भए।

नेपालका कप्तान रोहितकुमार पौडेले र कुशल मल्लले समान २-२ तथा सूर्य तामाङ, आकाश चन्द, पवन श्राफ र साेमपाल कामीले समान १-१ विकेट लिए।

नेपालले सिरिजको पहिलो खेल जितेको थियो।

प्रकाशित मिति: : 2024-02-10 13:08:00

प्रतिकृया दिनुहोस्