नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना भएकाे छ।
दैलेखको पार्टी कार्यक्रममा सहभागी हुन जाने क्रममा महासचिव पोखरेल चढेको गाडी पल्टिएको उपमहाचिव विष्णु रिमालले जनाएका छन्।
रिमालले 'एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना' भन्दै दुर्घटनाको तस्विर फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको एमाले नेताहरूले जनाएका छन्। गाडीमा सवार महासचिव सकुशल रहेको उपमहासचिव रिमालले जानकारी दिएका छन्।