क्यानडाले गुमायो चौथौ विकेट

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेलमा क्यानाडाले चौथौ विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले चौथौ विकेटको रूपमा नविनत धलिवालाई गुमायो।

नविनत ५० रन बनाएसँगै पेभिलियन फर्किए। ८२ बलमा उनले दुई चौकासहित अधर्शतक प्रहार गरेका थिए। उनलाई भीम सार्कीले कुशल मल्लबाट क्याच आउट गराए।

यसअघि नेपाललाई हेमन्त धामी, आकाश चन्द र कुशल मल्लले सफलता दिलाएका थिए।

क्यानाडा अहिले ४ विकेट गुमाउँदै १०३ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: : 2024-02-12 11:25:00

प्रतिकृया दिनुहोस्