क्यानडाविरुद्ध भिम सार्कीकाे अर्धशतक

क्यानडाविरुद्धकाे जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालका भिम सार्कीले पनि अर्धशतक पूरा गरेका छन्।

भिमले ७८ बलमा ५० रन पूरा गरेका हुन्। उनले ७८ बलमा ५ चौकासमेत प्रहार गरे। यसअघि नेपालका ओपनर अनिल शाहले पनि अर्धशतक पूरा गरेका थिए।

कृजमा अहिले अनिल शाह ७८ र भिम सार्की ५२ रन बनाएर खेलिरहेका छन्। नेपालले १ विकेट गुमाउँदै १५१  रन बनाएकाे छ।

नेपालका अर्को ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।

प्रकाशित मिति: : 2024-02-12 15:12:00

प्रतिकृया दिनुहोस्