लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म सक्रिय छु: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

भेटमा प्रधानमन्त्री दाहालले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईंहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईंहरूको पनि सहयोग चाहियो।’ 

प्रकाशित मिति: : 2024-02-13 12:53:00

प्रतिकृया दिनुहोस्