न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

Symbolic photo
Symbolic photo

न्युयोर्कको ब्रोक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारीअनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो।

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। घटना बारे अनुसन्धान जारी छ।

प्रकाशित मिति: : 2024-02-13 13:26:00

प्रतिकृया दिनुहोस्