सायम प्रिमियर लिग टी-२० क्रिकेट: ब्लास्टर्सले जित्यो उपाधि

Breaknlinks
Breaknlinks

सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गत बुधबार कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा सायम ब्लास्टर्सले सायम सिक्सर्सलाई ८ विकेटले पराजित गरेर उपाधि हात पारेकाे हाे।

प्रतियोगितामा विजेता सायम ब्लास्टर्स, उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स र सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागlता जनाएको थियो।

वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा क्रिकेटसँगै फुट्सल, बास्केटबल, ५ किमी म्याराथन, टेबल टेनिस, ब्याडमिन्टनजस्ता इन्डोर तथा विविध खेलहरू समावेश गरिएको थियो।

कलेजका प्राचार्य अशोकराज पाण्डे तथा उपप्राचार्य विशाल श्रेष्ठले प्रथम, द्वतीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई उपहार तथा सम्मान गरेका थिए।

प्रकाशित मिति: : 2024-02-14 16:15:00

प्रतिकृया दिनुहोस्