अपडेट: काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राति २ बजेतिर राजमार्गबाट दुईसय मिटर तल खाेल्सामा खसेको प्रत्यक्षदर्शीले जनाएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा बुधबार मध्यराति सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

दुर्घटनाबाट ३० जना घाइते भएकाे र तीमध्ये ९ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ। अन्य केहीँको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको बताइएकाे छ।

प्रकाशित मिति: : 2024-02-15 06:58:00

प्रतिकृया दिनुहोस्