धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। 

काठमाडाैंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए। घाइतेको विवरण भने आउन बाँकी रहेको छ। बसमा ३० जना तीर्थयात्री सवार थिए। 

प्रकाशित मिति: : 2024-02-17 12:27:00

प्रतिकृया दिनुहोस्