राप्रपाकी नेतृ हुन, रेखा थापा। चलचित्र क्षेत्रमा अझ अब्बल छिन्। नेतृत्वदायी भूमिका बहन गर्ने क्षमता राख्ने रेखाको थुप्रै 'डाईहाट' फ्यानहरू छन्।
राप्रपाको माहौल बनाउन सबैतिर पुगेकी रेखाको निजी जिवनमा अध्यक्ष लिङ्देनले अन्टसन्ट बोलेपछि विवादमा तानिए।
लिङ्देनमाथि गालीको वर्षा भयो। त्यसैले लिङ्देनको क्रेज घट्दो छ। कारण रेखा भएकै कारण राप्रपा मान्नेहरू छान्नेहरू धेरै थिए।
नेपाली सिने जगतकी सफल अभिनेत्री हुन, रेखा। तर मास भेला पार्न मन जित्न लिङ्देनले आफ्नो पार्टीको नेतृलाई तथानाम भने।
पार्टीभित्र विवाद बढ्दै जाँदा राप्रपाका नेताहरूबीच घोचपेच र कटाक्ष सुरू भयो।
एक अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिलाई लिएर अभिनेत्री समेत रहेकी नेतृ रेखा थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष नै गर्नु पर्यो।
‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन् रे त? आफ्नो छोरा मिसनरी स्कूलमा पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नी? थापाले सामाजिक सञ्जाल ट्वीट नै हानिन्।
सन्तान जन्माउन विदेश गएको भन्दै लिङ्देनले रेखाको आलोचना गरेका थिए। दुई वर्षअघि भएको महाधिवेशनमा रेखाले लिङ्देनकै प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेकी थिइन्।
यसैबीच रेखा थापाको आगामि फागुन २५ गते बहुप्रतिक्षित फिल्म उपहार रिलिज हुँदैछ। टेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ। मिनी एमालेको उपनाम पाएका लिङ्देनले बधाई त के रेखाको पोष्टमा लाईक पनि हानेका छैनन्।
किनकी रेखालाई देखाएर मास भेला पार्नु थियो, प्रयाेग गर्नु थियो, जान्ने बुझ्नेहरू यसै भन्छन्। तर रेखालाई के थाहा , उनी त कर्तव्यनिष्ट भूमिकामा थिइन्।
अमेरिकामा ‘बेबी प्लान’को विषयमा नेतृ तथा अभिनेत्री रेखा थापा आफ्नै दलका नेताबाट आलोचित बन्नु दुर्भाग्य भएको उर्लाबारी—९का प्रदिप धिमाल बताउँछन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रेखाको ‘बेबी प्लान लाई लिएर कटाक्ष मात्र गरेनन् , स्टन सम्म गर्न भ्याए।
रेखाले पनि लिङ्देनले आफ्नी छोरीलाई अमेरिका पढाउने र अरुलाई उपदेश दिने भन्दै जवाफ फर्काएपछि राजेन्द्रको मुखमा बुझो नै लाग्याे। एउटै दलका यी दुईबीच भनाभन नै र्पयो। आफ्नै दलका नेताबाट आलोचित रेखालाई अर्को दल कांग्रेसका नेताले भने बधाई दिँदै मुक्तकण्ठले प्रशंसा गरेर वाहीवाही कमाएका छन्।
रेखासँगै मोरङ—३ मा चुनाव लडेका कांग्रेस सांसद सुनिल शर्माले रेखालाई हक्की र निडर महिला तथा बहिनी भन्दै उनको आगामी फिल्म ‘उपहार’को लागि बधाई तथा शुभकामना दिए। उनले आगामी दिनमा सहकार्य हुनसक्ने भन्दै रेखाको मुक्तकण्ठले प्रशंसा गरे।
‘निकै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाइट अझै माथि पुर्याउने आशा एवम विश्वास राखेको छु। रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचोक निवासी चेली पनि हुन्। उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने हक्की, निडर र महिला दिदीबहिनको पिर बुझ्न सक्ने क्षमतावान नारी हुन्। बहिनीलाई मेरो साथ, सहयोग र शुभेच्छा सँधै रहनेछ। सहकार्य रहनेछ', सांसद शर्माले लेखेका छन्।
शर्माले ‘उपहार’को ट्रेलर पनि सेयर गरे। सांसद शर्माले यो फिल्मको छायांकनको लागि केमएमसीको सुविधा समेत उपलब्ध गराएको उल्लेख गरे।
सम्भवत जिरो मत रहेको मोरङ ३ मा रेखाले गत प्रतिनिधिसभाको चुनावमा १० हजारभन्दा बढी मत ल्याएकी थिइन्।
उनको फिल्म ‘उपहार’ फागुन २५ गते प्रदर्शन तयारीमा छ। रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा उनको आफ्नै शीर्ष भूमिका छ।