दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। 

प्रकाशित मिति: : 2024-02-20 08:08:00

प्रतिकृया दिनुहोस्