क्यानडाले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य

क्यानडा- ११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको हो।

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।

त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए। त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए।

प्रकाशित मिति: : 2024-02-20 13:17:00

प्रतिकृया दिनुहोस्