बालुवाटारमा लघुवित्त पीडितहरूकाे प्रदर्शन, मागे गभर्नरको राजीनामा

Photo - LKT
Photo - LKT

विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितरूले बालुवाटारमा प्रदर्शन गरेका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेर उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।

उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन्। 

प्रकाशित मिति: : 2024-02-21 14:46:00

प्रतिकृया दिनुहोस्