जुम्लाका १० हजारबढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धकाे खाेप दिइने भएकाे छ।
आगामी फागुन १३ गतेबाट जुम्लाका आठवटै स्थानीय तहका १० हजार बालबालिकालाई दादुरा-रुबेलाकाे खाेप लगाइने भएकाे हाे।
१५ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकालाई आठ स्थानीय तहमा दुई चरणमा खाेप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए।
राष्ट्रि खाेप कार्यक्रम अन्तर्गत आगामी सन् २०२६ सम्म नेपाललाई दादुरा-रुबेला खाेपमुक्त नेपाल घाेषणा गर्ने लक्ष्यनुसार खाेप अभियान सञ्चालन हुन लागेकाे प्रमुख सापकाेटाले जानकारी दिए।
उनले भने, 'खाेप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुनेछन् भने आठ पालिकामा १ सय ६० वटा खाेप केन्द्र निर्धारण गरिएकाे छ। खाेप उमेर समुहका कुनै पनि बालबालिका नछुटुन भन्नका लागि तयारीलाई मजबुद बनाइएकाे छ।'
जन्मेदेखि १५ महिना अवधिभर लगाउने पर्ने विभिन्न खाेप नलगाएपछि दादुरा-रुबेला राेग संक्रमरण हुने भएकाेले दादुराकाे खाेप अनिर्वाय लगाउनु पर्ने प्रमुख सापकाेटाको भनाइ छ।
जुम्लाका आठ पालिका मध्ये पहिलाे चरणमा चन्दननाथ नगरपालिका, गुठिचाैर, पातारासी र ताताेपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म र दाेस्राे चरणमा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा १९ गतेदेखि फागुन अन्तिमसम्म खाेप अभियान संचाला हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाइले बताए।
सरकारी तथ्यांकनुसार खाेपउमेर समूहका १६ प्रतिशत बालबालिका अझै नियमित खाेपबाट बञ्चित रहेका छन्।
हरेक ४-५ वर्षकाे बीचमा दादुरा रुबेलाकाे प्रकाेप फैलिने गरेकाे छ। नियमित खाेपबाट बन्चित बालबालिका दादुरा-रुबेलाकाे बढी जाेखिममा हुने गरेका छन्।
नेपाल सरकारले सन् २०२३ मै नेपाललाई दादुरा-रुबेला निवारण गर्ने लक्ष्य लिएपनि सफल हुन सकेन्।
पुन: नेपाललाई सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने घाेषणाका लागि फागुन १३ गतेदेखि देशभर खाेप अभियान थालिएकाे छ।