नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले ब्याटिङ गरिरहेकाे छ।

नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्र्सले टस जितेर बलिङ रोजे।

जारी सिरिजमा नेपालकाे याे अन्तिम खेल हाे। यसअघि नेपालले नामिवियासँग २ र नेदरल्याण्डसँग १ पटक प्रतिस्पर्धा गरेकाे थियाे।

नेपालले सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा फर्काएकाे छ।

नेपाली टाेलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा र ललित राजवंशी।

प्रकाशित मिति: : 2024-02-25 08:48:00

प्रतिकृया दिनुहोस्