होटल पौवाले नेपालगञ्जमा आफ्नो १३औँ शाखा सञ्चालन गर्ने भएकाे छ।
पश्चिमी क्षेत्रमा सेवा बिस्तार गर्ने याेजनाअनुसार पाैवाले १३औँ शाखा नेपालगञ्जमा सञ्चालन गर्न लागेकाे हाे। पाँच-तारे हाेटल निर्माणका लागि बिहीबार शिलन्यास भएकाे छ।
होटल पौवा प्रा.लि.का प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गरे। होटल निर्माणको काम दुई वर्षमा सकिने निर्देशक ज्ञवालीकाे भनाइ छ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाको नेपालगञ्जमा सञ्चलन हुने १३औँ शाखामा फरक-फरक स्वाद र परिकारका पाँच वटा रेष्टुरेन्ट, चार वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, सात वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुने छन्।