टि- २० सिरिजकाे उपाधि जित्न नेपाललाई पिएनजीले दियाे १७२ रनकाे चुनाैती

हङकङमा जारी त्रिकाेणात्मक टि- २० आई सिरिजकाे उपाधि जित्नका लागि नेपाललाई पपुवा न्युगिनी (पिएनजी)ले १७२ रनकाे लक्ष्य दिएकाे छ।

टस हारेर पहिले ब्याटिङ गरेकाे पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ प्रहार गर्‍याे।

यस याेगफल तयार पार्न पिएनजीका टाेनी उराले अर्थशतक प्रहार गरे। उनी ३७ बलमा ६१ रन जाेडेर आउट भए।

त्यस्तै अलेइ नाओले ३०, हिला भारेले १८ तथा हिरी हिरीले १५ रन जाेडे।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले समान ३-३ तथा करण केसी र गुल्सन झाले १-१ विकेट लिए।

प्रकाशित मिति: : 2024-03-13 13:28:00

प्रतिकृया दिनुहोस्