महोत्तरीका वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

File Photo
File Photo

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आइतबार आयोगले २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

उनीविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2024-03-17 15:57:00

प्रतिकृया दिनुहोस्