बागलुङ दुर्घटना अपडेट: मृतककाे संख्या ८ पुग्याे

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ।  

एक जनाकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ। मृतककाे परिचय खुलेकाे छैन। 

घाइतेकाे संख्या पनि नखुलेकाे र २० जना बढी रहेकाे प्रहरीले बताएकाे छ। 

घाइतेहरूकाे  स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ।  केहीलाई रेफरसमेत गरिएकाे छ।  

रुकुम पश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साेमबार साँझ करिब ६ बजेतिर दुर्घटनामा परेकाे हाे। 

जुन मध्यपहाडी लोकमार्गमा हो। बस सडकबाट करिब तीन सय मिटर तल खसेकाे छ। 

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

भिडियाे- 

प्रकाशित मिति: : 2024-03-18 21:20:00

प्रतिकृया दिनुहोस्