गृहमन्त्री रवि लामिछानेकाे निर्देशनपछि सिआइबीले लियाे बिनाेद चाैधरीसँग बयान

फाइल तस्विर
फाइल तस्विर

बाँसबारी जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)ले बिनाेद चाैधरीसँग बयान लिएकाे छ।

चाैधरीसँग बिहीबार बिहान बयान दिइएकाे सिआइबी स्राेतले जनाएकाे छ। उनलाई बिहान ७ बजे सिआइबी कार्यालयमा बाेलाएर बयान लिइएकाे हाे।

बाँसबारी छाला तथा जुत्ता कारखानाकाे १० राेपनी सरकारी जग्गा आफ्नाे नाममा पारेकाे भन्दै सिआइबीले यसअघि बिनाेदका भाइसमेत रहेका व्यवसायी अरुणकुमार चाैधरी, कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेकाे थियाे।

उनीहरुकाे पक्राउपछि अनुसान्धान जारी राखेकाे सिआइबीलाई बिनाेदकाे पनि बयान लिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए। उनकाे निर्देशनपछि सिआइबीले बुधबार यससम्बन्धमा बुधबार सभामुखलाई पत्र पठाएकाे थियाे।

उक्त १० राेपनी सरकारी जग्गा बिनाेदकाे सक्रियतामा चाैधरी घरानाले आफ्नाे नाममा सारेकाे र बिनाेदले आफ्नाे भाइ अरुणलाई बिक्री गरेकाे अनुसन्धानबाट खुलेकाे छ।

प्रकाशित मिति: : 2024-03-21 09:32:00

प्रतिकृया दिनुहोस्