यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्तै नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल–१ (६५९१ मिटर) र जुगल–२ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेकाे छ।

राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा काडमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने गरेकाे छ।

प्रकाशित मिति: : 2024-03-21 12:14:00

प्रतिकृया दिनुहोस्