परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिनको भ्रमणका लागि आज चीनतर्फ जाँदै

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज (आइतबार) चीन भ्रमणमा जाँदैछन। चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छन्।

मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा औपचारिक चीन भ्रमण जान लागेका हुन्। उनको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा रहँदा उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-03-24 10:09:00

प्रतिकृया दिनुहोस्