दुर्गा प्रसाईंका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसाय दुर्गा प्रसाईंका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ। 

अदालतका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त  इजलासले मंगलबार अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको हो।

उनीहरु यही चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ परेका थिए। प्रहरीले उनीहरुको साथबाट हतियारसहित गोली बरामद गरेको थियो। 

तर उक्त हतियार लाइसेन्ससहितको रहेको प्रसाईंले बताएका थिए। 
 

प्रकाशित मिति: : 2024-03-26 20:09:00

प्रतिकृया दिनुहोस्