नेकपा एमालेनिकट अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती उर्फ रक्षा बम पक्राउ परेकी छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई मंगलबार काठमाडौँस्थित बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।
प्रहरीका अनुसार उनी रस्मिला धामीको उजुरीको आधारमा पक्राउ परेकी हुन्। धनगढी घर भएकी बममाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेकाे छ।
रस्मिलाले सामाजिकसञ्जालमार्फत भनेकी छन्, ‘राजनितिक शक्ति पावरको धाग धम्की लगाउँदै अपराधिक कृयाकलाप गर्दै हिँड्ने राजमती उर्फ रक्षा बमलाई तपोबनबाट ध्यान गर्दै गर्दा पुलिसले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारि गराउन चाहन्छु न्यायको लडाइँ जारी छ।’