दिल्लीमा आरजुकाे थाइराइडको शल्यक्रिया

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाकाे थाइराइडको शल्यक्रिया भएकाे छ।

भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा उनकाे शल्यक्रिया भएकाे आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिएका छन्।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको आरजुको सचिवालयले जानकारी गराएको छ।

चिकित्सकको परामर्शअनुसार उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2024-03-28 13:09:00

प्रतिकृया दिनुहोस्