४ खर्ब पुग्यो बूढीगण्डकीको लागत, बन्यो कम्पनी, भएन काम

यसअघि २ खर्ब ७० अर्ब लागत अनुमान गरिएको बूढीगण्डकी परियोजना लागत ४ खर्ब पुर्‍याइएको छ

अनलाइनखबर

जनार्दन बराल

कहिले सरकारले बनाउने त कहिले चिनियाँ कम्पनीलाई दिने भनेर ‘टेनिस बल’ जस्तो बनाइएको बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन कम्पनी बनाएको डेढ वर्षभन्दा बढी भए पनि प्रगति भने शून्य छ ।

पछिल्लो पटक २४ चैत २०७८ मा सरकारले आयोजना आफैं बनाउने निर्णय गरेपछि १७ भदौ २०७९ मा सरकारको बहुमत सेयर हुने गरी बूढीगण्डकी जलविद्युत् लिमिटेड स्थापना भएको थियो । तर, कम्पनी स्थापना भएको १९ महिनासम्म पनि आयोजना निर्माणमा ठोस प्रगति हुन सकेको छैन ।

प्रकाशित मिति: : 2024-03-29 10:15:00

प्रतिकृया दिनुहोस्