एकैदिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका

मोरङको लेटाङ नगरपालिका- २ मा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरी भएपछि सेयर सदस्यहरुले गम्भीर आपत्ति जनाएका छन्।

एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौँ बितिसक्दा पनि छानबिन नभएको भन्दै सेयर सदस्यहरुले गम्भीर आपत्ति जनाएका हुन्।

सेयर सदस्य तथा स्थानीय संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्य तथ्य छानबिनका लागि सहकारीको सञ्चालक समितिलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। गत फागुन १५ गते सहकारीको करिब १३ लाख चोरी भएको थियो।

‘एकीकृत जनभावना सहकारी मोरङको दोस्रो ठुलो सहकारी हुनु आफैँमा गौरवको कुरा हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सहकारी ऐन र मूल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ।’

ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनीतिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए।

उनले सत्य तथ्य घटनाबाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे।

सेयर सदस्यहरुले घटनाबारे सोधखोज गरे सञ्चालक समिति गैरजिम्मेवारीपन देखाउँदै सिसिटिभी फुटेज गायब पारिएकाे ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2024-04-01 11:53:00

प्रतिकृया दिनुहोस्