नेपाली बजारमा अमेरिकन ब्राण्डका श्रृङगार सामग्री

अमेरिकालगायत यूरोपका विभिन्न देशहरूमा प्रचलित युएस मेकअप ब्राण्डकाे श्रृङगार सामग्री अब नेपालमा पनि पाइनेछ। 

नेपाली बजारमा श्रृङगारका विभिन्न सामग्रीहरू उत्पादन गर्दै आइरहेको उत्कृष्ट कम्पनी बि.एण्ड.बिले उक्त सामग्रीहरू नेपालमा भित्र्याएको हो। 

नेपाली महिलाहरूको अनुहारको छाला अनुसार उपयुक्त हुने यस अमेरिकन ब्राण्डका सामग्रीहरू अब नेपाली बजारमा सर्वसुलभ तरिकाबाट सुपथ मूल्यमा पाइने कम्पनीले जनाएकाे छ। 

युएस उत्पादनका सामग्रीहरू विशेषगरी बाह्र रङ्गका म्याट लिपिस्टिक, पाँच प्रकारका फाउन्डेशन, कम्प्याक्ट पाउडर, प्राईमर, मेकअप स्प्रे, मेकअप रिमुभर, सनस्क्रीन लगाएत थुप्रै उत्पादनहरु बजारमा उपलब्ध रहेको कम्पनिले जानकारी दिएको छ। 

अमेरिकन ब्राण्डका यी उत्पादनहरु अत्यन्त प्रभावकारी र नतिजामुखी भएकोले नेपाली महिलाहरुले यसलाई रुचाइएको कम्पनिले जनाएकाे छ। 

अहिले यो युएस मेकअप का सामग्रीहरू काठमाडौं, झापा, इटहरी, धरान,जनकपुर, वीरगञ्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल,दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगाएत थुप्रै स्थानहरूमा सहज रुपमा पाइन्छ। 

प्रकाशित मिति: : 2024-04-01 12:11:00

प्रतिकृया दिनुहोस्