समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त आह्वान

File Photo
File Photo

संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ।

मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषद्को सचिवालयले समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषद्को सचिवालयले अनुरोध गरेको छ।

इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संबैधानिक परिषदको सचिवालयको इमेल- sambaidhanik@opmcm.gov.np मा पठाउन आग्रह गरेको छ। 

प्रकाशित मिति: : 2024-04-02 10:36:00

प्रतिकृया दिनुहोस्