दाङमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
लमही नगरपालिका–३ स्थित बनगाउँमा बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको बस र तुलसीपुरबाट बुटवल आउँदै गरेको बस एकापसमा ठोकिएर भएको दुर्घटना भएकाे हाे।
दुर्घटनामा १७ जना यात्रु घाइते भएका हुन्। सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ।