दिल्लीमाथि फराकिलाे जित निकाल्दै कोलकोता आइपिएलको शीर्षस्थानमा

फाइल तस्विर
फाइल तस्विर

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अलआउट भएको थियो।

त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो। यो आइपिएल इतिहासमा एक इनिङगमा बनेको दोस्रो ठुलो टोटल हो। यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो।

यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्षस्थानमा रहेको छ।

त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ।

प्रकाशित मिति: : 2024-04-04 07:28:00

प्रतिकृया दिनुहोस्