रक्सी पिएर हाेहल्ला गर्ने गायक राजेशपायल राईसहित ८ जना पक्राउ

मदिरा पिएर होहल्ला गर्दै हिँडेका गायक राजेशपायल राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति २ बजेतिर काठमाडौँको अनामनगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाइएकाे छ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामा तीन जना कलाकार हुन् भने अन्य पाँच जना अन्य क्षेत्रको रहेको खुल्न आएको छ।

प्रकाशित मिति: : 2024-04-04 07:45:00

प्रतिकृया दिनुहोस्