कानूनले नचिन्ने सुरक्षा सल्लाहकारलाई १० महिनादेखि मन्त्रीसरह सुविधा, राज्य कोषको चरम दोहन

लोकान्तर

काठमाडौं

२०८० जेठ ३२ गतेको मन्त्रिपरिषद बैठकबाट एकसाथ दुई निर्णय भयो- मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति । र, वैरागीको ठाउँमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा . वैकुण्ठ अर्याललाई मुख्यसचिवको रूपमा नियुक्ति ।

वैरागीको कार्यकाल २०८० असोज १४ सम्म थियो । उनले आफ्नो कार्यकाल सम्पन्न गरेको भए अहिले मुख्यसचिवको रूपमा काम गरिरहेका डा. वैकुण्ठ अर्याल मुख्यसचिव हुन नै पाउने थिएनन् । असोज १४ अघि नै अर्यालले अनिवार्य अवकाश पाउने थिए ।

महत्त्वपूर्ण कुरा त के छ भने वैरागीले आफ्नो नियुक्तिका लागि सिफारिस समेत आफैंले गरेका थिए । यद्यपि उक्त कुरालाई वैरागीले खण्डन गरेका छन् ।

'मैले अघिल्लो दिन नै राजीनामा दिएको थिएँ । बाहिर गलत कुरा आयो,' वैरागीले लोकान्तरसँग भने, 'कानूनीरूपमा कम्लिकेसन आउने गरी मैले कसरी काम गर्न सक्छु?' यद्यपि राजीनामा किन गरेको भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् । 

प्रकाशित मिति: : 2024-04-12 10:57:00

प्रतिकृया दिनुहोस्