सहकारी ठगीकाे विषय छल्ने सरकारले संसद् बन्द गर्‍याे: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन्।

आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगीजस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद् बन्द गरेको आरोप लगाए।

उनले यसबाट सरकार सहकारी पीडितको पक्षमा नरहेको पुष्टि भएको बताउँदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन्।

लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिना भएको बताउँदै उनले कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताए।

प्रकाशित मिति: : 2024-04-14 12:39:00

प्रतिकृया दिनुहोस्