पेस्तोल र गोलीसहित परियार भोजपुरबाट पक्राउ

भोजपुरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन्।

टेम्केमैयुम गाउँपालिका-१ का ३७ वर्षीय सुमन परियार आइतबार साँझ षडानन्द नगरपालिका–९ स्थित जंगलबाट हातहतियारसहति पक्राउ परेका हुन्।

परियारले स्थानीयलाई पेस्तोल देखाई सुनका गरगहना तथा नगद रकमसमेत लुटपाट गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हाे।

उनकाे साथबाट पेस्तोल १ थान,  म्याग्जिन थान, गोली ११ राउण्ड, सुनका गरगहना र नगद ९ हजार ५० रुपैयाँ बरामद गरिएकाे छ।

परियार यसअघि पनि पक्राउ गरी संगठित अपराध, अपराधीक उपद्रव, एनसेल टावरमा आगजनी, जेसीबी आगजनी, राज्यविरुद्दको कसुरलगायत ५ वटा मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय भएको भएकाे र सो कैद भुक्तान गरी २०८० भदौ महिनामा कारागारबाट छुटेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2024-04-15 15:42:00

प्रतिकृया दिनुहोस्