दुई-चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: गोकुल बास्कोटा

File Photo
File Photo

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले चुनावपूर्व गठबन्धन गरेर दुई/चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै नेता बास्कोटाले फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद् भएको बताए।

‘फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैँको अस्थीरता किन र केका लागि? समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ। चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ’, उनले भनेका छन्।

प्रकाशित मिति: : 2024-04-16 12:24:00

प्रतिकृया दिनुहोस्