आङ सान सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो

File Photo
File Photo

म्यान्मारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ। मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ।

यद्यपि उनीहरुलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन। म्यान्मारमा गर्मीका कारण तापक्रम ३९ डिग्री पुगेको छ। यसै क्रममा आङ सानका वकिलले भेट्न कसैलाई पनि अनुमति नदिएको बताएका छन्।

सेनाले म्यान्मारमा १ फेब्रुअरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायत धेरै नेताहरु पक्राउ परेका थिए। त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन्। यस्ता कैयौँ मुद्दामा उनी दोषी ठहर पनि भएकी छन्।

उनी हाल राजधानी नापितामा २७ वर्ष कैद भुक्तान गरिरहेकी छिन्। यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए। सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो। तर, पछि बढाइएको थियो।

नोभेम्बर २०२० मा म्यान्मारमा आम चुनाव भएको थियो। जसमध्ये आङ सान सुकीको पार्टीले दुवै सदनमा ३ सय ९६ सिट जितेको थियो। नतिजा आएपछि सेनाले यसमा प्रश्न उठाउँदै सेनाले सुकीको पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएको थियो। चुनावी नतिजा आएपछि सरकार र सेनाबीच मतभेद सुरु भयो, त्यसपछि सेनाले ‘कू’ गर्यो।

पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०२१ मा म्यान्मारमा भएको ‘कू’पछि सेनाले ६ हजार मानिसको हत्या गरेको छ। म्यान्मारले पनि आफ्ना विरोधीहरूलाई निरन्तर मृत्युदण्ड दिइरहेको छ।

प्रकाशित मिति: : 2024-04-17 16:30:00

प्रतिकृया दिनुहोस्