सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: तीन जनाकाे मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चाेककाे जिल्लाको पिस्कर- ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन्।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका– ५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए। उनकाअनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ।

भिडियाे :

प्रकाशित मिति: : 2024-04-19 09:00:00

प्रतिकृया दिनुहोस्