वेस्ट इन्डिज ‘ए’विरुद्ध टस जितेर बलिङमा नेपाल

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिला बलिङ गरिरहेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टाेलीका कप्तान राेहितकुमार पाैडेलले टस जितेर पहिलाे बलिङ गर्ने निर्णय लिएका छन्।

याे सँगै पहिले बलिङ गरेकाे वेस्ट इन्डिज ए ले ४ ओभरकाे खेल सकिँदा २ विकेट गुमाएर ५० रन बनाएकाे छ।

मे ४ सम्म चल्ने नेपाल र वेस्ट इन्डिजबीचकाे टि- २० सिरिज आजदेखि सुरु भएकाे हाे। सिरिजमा २ टाेलीले ५ प्रतियाेगिता खेल्ने छन्।

प्रकाशित मिति: : 2024-04-27 12:40:00

प्रतिकृया दिनुहोस्