काठमाडौँ महानगरपालिकाले दोहोरी साँझ, डान्स बार र नाइट क्लबहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ।
महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो।
ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ।
सो अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनीसमेत दिएको छ।