भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ।

प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो।

रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको  बताउदै एकजना प्रहरी अधिकारीले पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने बताएका छन्।

प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको जनाएको छ।

प्रकाशित मिति: : 2024-05-03 06:16:00

प्रतिकृया दिनुहोस्