मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट

मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा)ले शुक्रबार बताएको छ।

गएको जाडो मौसम र यस वसन्त ऋतुमा गम्भीर चिसोका कारण मरेका सबै पशुधनमध्ये लगभग ८० प्रतिशतको शव नष्ट भएको छ। यस्तो खालको जाडोलाई ‘जुड’ भनिने नेमाले एक विज्ञप्तिमा उल्लेख गरेको छ। 

‘जुड’ एक मङ्गोलियाली शब्द हो। गम्भीर चिसोका कारण ठूलो सङ्ख्यामा पशुधन मर्दा यो शब्दको प्रयोग गरिन्छ। अत्यधिक चिसोमा जमीन जमेको वा हिउँले ढाकेको हुन्छ। 

यस देशका लगभग सबै प्रान्तले विगतको जाडोमा कठोर मौसमको अनुभव गरेका थिए। यहाँ देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकिएकाले सरकारलाई विपद् तयारी उच्च बनाउन प्रेरित गरेको थियो। 

पशुपालनको प्रवर्द्धनलाई जमिनले घेरिएको यस देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ।

विश्वको अन्तिम जीवित खानी भएका देशहरूमध्ये एकका रूपमा रहेको मङ्गोलियामा सन् २०२३ को अन्त्यमा छ करोड ४७ लाख पशुधन रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: : 2024-05-04 06:23:00

प्रतिकृया दिनुहोस्