पञ्जावमाथि चेन्नई २८ रनले विजयी

ipl
ipl

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजति गरेको छ। आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो।

चेन्नईले दिएको १६८ रनको लक्ष्य पछाएको पञ्जाव ले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। यसअघि पहिला ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईको ११ खेलमा १२ अंक भएको छ।

त्यस्तै पञ्जावको भने यो सातौं हार हो। ११ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2024-05-05 20:05:00

प्रतिकृया दिनुहोस्