संसद्काे वर्षे अधिवेशन सुरू (लाइभ)

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरू भएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन सुरू भएकाे हाे।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ।

प्रकाशित मिति: : 2024-05-10 16:10:00

प्रतिकृया दिनुहोस्